विवाहको निम्ति बाइबलीय गुण र योग्यताहरू -लाजरस थुलुङ

विवाहको निम्ति बाइबलीय गुण र योग्यताहरू
एउटा असल स्त्री वा पत्नीचाहिँ पतिलाई भन्दा धेरै परमेश्वरलाई र आफ्नो परिवारभन्दा बढी आफ्नो पतिलाई प्राथमिकता दिने हुनुपर्दछ।

पवित्र विवाह-
एउटा असल स्त्री वा पत्नीचाहिँ पतिलाई भन्दा धेरै परमेश्वरलाई र आफ्नो परिवारभन्दा बढी आफ्नो पतिलाई प्राथमिकता दिने हुनुपर्दछ।
बाइबलीय गुण र योग्यताहरू: हरेक जवान केटाले आफ्नो निम्ति जीवन साथी खोज्ने क्रममा आ-आफ्नै मनका केही योग्यताका क्षेत्रहरू तोक्न असलै हो तर बाइबलका यी गुण र चरित्रहरूलाई भने कहिल्यै बिर्सनु हुँदैन : –
क) एउटा स्त्रीमा हुनुपर्ने गुण, चरित्र र योग्यताहरू सोलोमन (हितोपदेश31:10-31, श्रेष्ठगीत )
1.भरोसायोग्य
2.जीवनभरि पतिको भलो चाहने
3.परिश्रमी
4.परिवारको राम्ररी हेरचाह गर्ने
5.गरीबहरूको सेवा गर्ने र दिने मन भएको
6.ज्यादा नसुत्ने
7.पतिको सम्मान गर्ने
8.समाजबाट इज्जत पाएकी
9.भविष्य प्रति सधैँ आशावादी
10.बुद्धिमानी
11.विस्वसनीय कुरा बोल्ने
12.छोराछोरीद्वारा पनि आदर गरिएकी
13.प्रेमीको स्वर सुन्ने
14.प्रेमीलाई पछ्याउने
15.सुन्दरी
16.प्रेमीकै प्रेममा मात्र मोहित हुने
17.प्रेमीको सधैँ तिर्सना गर्ने
18.हजारौको बीचमा पनि आफ्नो पतिलाई सर्वोत्तम पुरुष देख्ने
19.आफ्नो प्रेमीलाई सन्तुष्ट पार्न सक्ने परिपक्व —पावल
20.पतिको अधीनमा रहने ( एफिसी5:22)
21.सुहाउँदो र भद्र पहिरन लगाउने(1तिमोथी2:9)
22.असल चालचलन र कामद्वारा सुसज्जित भएकी(10पद)
23.दिनतामा सिक्ने मन भएकी (11क)
24.पतिमाथि अधिकार नजमाउने (11ख) —-1पत्रुस3
25.पतिको अधीनमा रहने
2.असल आचरण भएकी
3.जीवनको शुद्धता र पतिप्रति श्रद्धा गर्ने
4.बाहिरीभन्दा भित्री शृङ्गारमा बढि जोड दिने
5.असल काम गर्ने
– यी सबै गुणहरूसंगै एउटा असल स्त्री वा पत्नीचाहिँ पतिलाई भन्दा धेरै परमेश्वरलाई र आफ्नो नानीलाईभन्दा बढी आफ्नो पतिलाई पहिलो प्राथमिकता दिने हुनुपर्दछ ।
ख) एउटा विवाह गर्ने केटामा हुनुपर्ने बाइबलीय गुण : –
– यसरी नै स्त्रीहरूले पनि सोचिरहनुभएको होला कि मेरो हुनेवाला पति कस्तो हुनुपर्दछ भनेर अवश्य नै हाम्रा बाहरी र मानवीय हेराइभन्दा अघि यी ईश्वरीय गुणहरू तपाईको हुनेवाला साथीका जीवनमा खोज्नु आवश्यक हुन्छ । (सोलोमन-श्रेष्ठगीतमा)
1.आफ्नो पत्नीको सुन्दरताको सधैँ प्रशंसा गर्ने र हौसला दिने
2.सुन्दरता मात्र होइन तर घामले डढेर काली हुँदा पनि आफ्नो प्रेमीकालाई मन पराइरहने
3.आफ्नै प्रेमीकामा मात्र सन्तुष्ट रहने
4.आफ्नो पत्नीको भलाई चाहने
5.पत्नीसंग सधैँ रहन मन पराउने पत्रुस (1पत्रुस3:7)
6.आफ्नो पत्नीप्रति विचारशील
7.स्त्रीलाई आदर गर्ने —-पावल
8.पत्नीलाई आफैलाई झै प्रेम गर्ने (एफिसी5:28)
9.परिवारलाई राम्ररी चलाउन सक्ने
हरेक जवान बहिनीहरू यदि तपाईको भविष्य मा हुनेवाला पति प्रभुको काम गर्दै हुनुहुन्छ भने अथवा भविष्य मा मण्डली को सेवकाईमा आउने हो भने यी तलका योग्यताहरू पनि हुनु अति आवश्यक छन् । (तीतस1:7-9) 1तिमोथी23:1-13 कसैबाट दोष नलागेको संयमी सम्मानित अतिथि सत्कार गर्न मन पराउने सुयोग्य शिक्षक मतवाला होइन रिसाहा पनि होइन विनम्र र झगड़ा नगर्ने धनको लोभी पनि होइन दुईजिब्रे होइन दोषरहित इमानदार आफूलाई वशमा राख्न सक्ने पवित्र विस्वास मा बलियो –

-लाजरस थुलुङ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...