एउटा पत्र तिमिलाई… कृपया पुरै पढनुहोला….

जव तिम्रो बुवा आमाले विबाह गर्नु भयो अनि तिम्रो आमाको गर्भमा मैले तिमिलाई रचें । धेरै सुरक्षित तरिकाले लगभग नौ महिना सम्म मैले तिम्रो आमाको गर्भमा राखें । धेरै पल्ट विषेश रातको समयमा तिम्रो आमा कोल्टे फेर्न खोज्दा तिमिलाई अलिक असजिलो हूनथ्यो त्यति वेला म तिमिलाई सहज हरने गरि घुमाई दिन्थें । अनि कुनै बेला झक्किएर तिम्री आमा घोप्टो पर्न खोज्दा म थोरै उनको पेट दुखाई दिन्थे अनि उनि फेरि ब्यूँझन्थिन र तिमिलाई सजिलो हरने गरि सुत्थिन । यसरी क्रमशः समय पुगे पछि मैले तिमिलाई आमाको गर्भबाट यो संसारमा ल्याएँ । जब तिमी यो संसारमा आयौ आउने बित्तिकै तिमी जोडले चिच्याउन थाल्यौ । मलाई थाहा थियो तिमीलाई भोक लाग्दै थियो । गर्भमा हुँदाखेरी त सबै खानेकुरा अर्थात पौष्टिक तत्वहरु मैले तिम्रो पेटको नाभिबाट लिने प्रबन्ध मिलाएको थिँए तर अब यो सम्भव थिएन ।त्यसैले मैले नै तिमीलाई आमाको दुध खान सिकाए । डाक्टर र नर्सले केही प्रयास गर्थे दुध खुवाउन तर तिमी जान्दैन थ्यौ अनि म आफैं तिम्रो ओठमा भएर खुवाउँथें । केही समयमै तिमीले खाने प्रयास ग¥यौ तर तिम्रो आमाको दुध पक्का फाटेको थिएन र फेरी मैले तिम्रो ओठमा बल गरेर खुवाउन सिकाएँ । केही दिनमै तिमीले राम्ररी दुध खान सक्ने भयौ । तिमीलाइृ चाँडै भोक लाग्थ्यो अनि छिन–छिनमा दिशा पिसाब ग¥थ्यौ त्यसैले मैले तिम्रो आमा र बाबुको हृदयमा ममताले भरिदिएँ अनि उनिहरु तिमीलाई छोड्नै सक्दैनथे । मैले बिस्तारै तिमीलाई बढाउँदै लगें केही दिन भएपछि विस्तारै हँसाउन सिकाए । प्रायः तिमी निदाउँदा म तिमीलाइृ हाँस्न सिकाउथे ।चाँडै नै तिमीले हाँस्न जान्यौ । जव रुन र हाँस्न जानेपछि तिमी जती वेला पनि रुने हाँसने गथ्र्यौ । अनि मैले तिमीलाई अवस्था अनुसार रुन र हाँस्न सिकाए । अब तिमी भोक लाग्दा, दुख्दा रुने भयौ र सहज अवस्थामा या खुसी हुँदा हाँस्ने भयौ ।लगभग वर्ष दिनको हुन थाले पछि तिम्रो बुबा आमाले तिमीलाई उठेर हिँडाउन प्रयास गर्थे तर तिम्रो हात गोडामा त्यति धेरै शक्ति थिएन । मैले तिमीलाई हिँडनको लागि विस्तारै शक्ति दिँदै गएँ । अनि विस्तारै विस्तारै तिमी आफैं उठेर हिँडन सक्ने भयौ । अब तिमीलाई अरु जस्तै बोल्नको खाँचो थियो । तिमी आफैं प्रयास गथ्र्यौ तर सकेनौ र मैले तिम्रो गलामा बोल्ने शक्ति भरिदिएँ । बिस्तारै तिमी बा बा आमा गर्दै बोल्ने भयौ । संसार कसै कसैलाई म यो सब गर्दिन तर यो सब मेरै ईच्छाले हो । तर तिम्रो निम्ति शायद केही बाँकी नराखी मलै गर्दै गए । बिस्तारै तिम्रो हृदयमा अब स्मरणको खाँचो भयो । मैले तिम्रो गिदीमा अद्भुत शक्तिले पुर्ण स्मरण शक्ति भरिदिएँ साथै तिमीमा जिज्ञाशा पनि राखिदिएँ । जसद्धारा तिमी धेरै जिज्ञासु भयौ अनि तिमीले धेरै नै सोधेर आमा बाबु र आफन्तलाइृ हैरानै पाथ्र्यौ । तिमी बढदै गयौ विस्तारै संसारका धेरै कुराहरुको बारेमा जान्यौ । तिमी गर्भमा हुँदा र बच्चा हुँदाको अवस्थामा जसरी प्रत्यक्ष रुपमा अब मैले सिकाउँने र सघाउने गर्न म आफैंले बनाएको नियम अनुसार असम्भव थियो त्यसैले मैले कुनै माध्यम भएर तिम्रो रक्षा र तिमीलाई सहयोग गर्न थालेँ । कति पटक तिमी खतरामा पर्ने बेला म तिम्रो आमाको मनमा याद दिलाउँथे र अनि तिम्रो बचाउ हुन्थ्यो ।

दिनहरु बित्दै गए तिमी ठुलो मान्छे भयौ । तिम्रो दिनचार्या मैले चाहेको भन्दा फरक हुन थाल्यो । तिमी म सँग बोल्छौ की भनि यतिका दिन सम्म पर्खे । तर तिमीले मलाई वास्तै गरेनौ । यो पत्र म धेरै दुखित हुदैं कोही मेरो सन्तानलाइृ लेख्न लगाँए । आशा छ यो पत्र पढे पछि तिमीले मेरो निम्ति समय टुट्टयाउने छौ । अनि म कति दयालु छु भने सत्यता तिमीले जान्ने छौ ।

मेरो प्यारो मित्र, सँधै तिमी बिहान उठछौ मलाई आशा हुन्छ केहीबेर तिमी म सँग कुरा गर्छौ तर आज पनि सँधै झैं तिमीलाई पहिला बाथरुम जान हतार भयो । मैले बुझें तिमीलाइृ हिजो बेलुकीको खानेकुराहरुले सताएको थियो । आशा गरे तिमी फ्रेस भए पछि म सँग समय बिताउने छौ । तर तिमी त अचम्म तरिकाले टि.भी. हेर्न व्यस्त भयौ । एकैछिनमा तिम्रो आमाले नास्ताकोलागी बोलाउनु भयो तिमी नास्ता गर्न गयौ । मलाई थाहा छ नास्तामा तिमी मलाई संम्झदैनौ लाग्यो नास्ता पछि त केहीबेर म सँग हुनेछौ । तर तिमी नास्ता सक्ने बित्तिकै पत्रिका पसलतिर हान्नियौ । त्याहा तिमी विभिन्न खबर पढन र साथिहरुसाग गफिन मस्त भयौ । यो बेला तिमिले म सँग बात गर्न त कल्पना मात्रै हो । क्रमशः तिमी सँधै झै हत्तारिदै खाना खाएर अफिस लाग्यौ । मलाई थाहा छ तिमी दिनभर कति व्यस्त हुन्छौ, तसर्थ दिनभर मैले तिमी सँग कुनै समय चाहिन, शायद मेरो आदत जस्तै भईसक्यो । जव ति अवेला घर फक्र्यौ, तिमी धेरै थाकेको थियौ । बाथरुममा फ्रेस भएर थोरै खानाको भाग सकेर तिमी तरुन्तै आफ्नो कोठामा गयौ । अब म सँग केहि समय बिताउँछौ कि जस्तो लाग्यो तर तिमी फेरि टि.भी. हेर्न मस्त भयौ । धरै बेर टेलिभिजनका कार्यक्रम पछि टि.भी. बन्द गरेर ओछ्यानमा पल्ट्यौ लाग्यो यो तिमी र म बातचित गर्ने उपयुक्त समय हो । तर विडम्वना तिमी त मनमा अरु नै कुरा सोच्न मस्त भयौ, तिम्रो हृदयमा मलाई त कुनै ठाउँनै दिएनौ । म आशामा बसिरहें तिमी त सोच्दा सोच्दै भुसुक्क निदायौ ।

ठिकै छ म क्रोधित भएको छैन, तिम्रो निम्ति भोली पनि म कुर्नेछु, केही थोरै समय भए पनि कुरा गर्ने आशामा ।

धन्यबाद,
उही तिम्रो परमेश्वर, तिम्रो सृष्टिकर्ता ।
https://www.facebook.com/merogod

2 thoughts on “एउटा पत्र तिमिलाई… कृपया पुरै पढनुहोला….

  1. I am now not positive the place you are getting your
    info, but good topic. I must spend some time learning much more
    or understanding more. Thanks for magnificent information I used to be on the lookout for this information for my mission.

Leave a Reply

Your email address will not be published. Required fields are marked *